यस्तो छ आज दिनभरिको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
42
Shares

१. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान, कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण र सभापतिको जिम्मा विमलेन्द्र निधिलाई ।

२. राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसियसनको ५ दिने अल्टिमेटम, कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी ।

३. सर्वोच्च अदालतमा वकिलद्वय विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट, कुटाइ खाएका चुँडालले गरे राजतन्त्रको वकालत ।

४. न्यायाधीशहरूको इजलास बहिष्कारले मुद्दा प्रभावित, १५ न्यायाधीशविरुद्ध रिट दायर ।

५. आजदेखि संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य, संविधानको धारा ९३ को उपधारा २ बमोजिम संसद् अन्त्य गरिएको संसद् सचिवालयद्वारा जानकारी ।

६. महाधिवेशन प्रतिनिधि संख्या १ हजार ९९९ बनाउने एमालेको निर्णय, कात्तिक २७ मा देशभरबाट छनोट गरिने ।

७. आगामी निर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने प्रचण्डको दाबी, कांग्रेससँग तालमेल गर्ने समझदारी भइसकेको धारणा व्यक्त ।

८. आम निर्वाचनबाट कांग्रेस पहिलो, एकीकृत समाजवादी दोस्रो र माओवादी तेस्रो पार्टी बन्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भविष्यवाणी, नेकपा एमाले पत्तासाफ हुने दाबी ।

९. गगन थापासहित कांग्रेसका १२ नेताद्वारा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत न्यायाधीश र कानुन व्यवसायीलाई साथ, न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिनका लागि पार्टीलाई आग्रह ।

१०. शुक्रवार देशभर कोरोनाका ५४९ जना नयाँ संक्रमित थपिए, ५६९ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु ।

११. अब कक्षा ४ देखि १२ सम्म मातृभाषाको पाठ्यपुस्तक पठनपाठन हुने, जापानी, कोरियन, चिनियाँलगायतका विदेशी भाषाको पाठ्यक्रम पनि स्वीकृत ।

१२. घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पनि समावेश, उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल ८औँ नम्बरमा ।

१३. नाइजेरियामा प्रहरी कारबाहीमा परी ७१ तस्करको मृत्यु, कारबाहीका क्रममा कैयौँ तस्कर प्रहरी नियन्त्रणमा ।

१४. आईसीसी टि–२० विश्वकप सुपर १२ को समूह ‘२’ अन्तर्गत आज पाकिस्तान र अफगानिस्तान भिड्दै, दुवै टोलीले पहिलो पटक एक–अर्काको सामना गर्दै ।

१५. सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लबबीच प्रतिस्पर्धा हुने, पहिलो खेल दशरथ रंगशालामा कात्तिक २९ गते हुने एन्फाद्वारा जानकारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?