काठमाडाैं : माअोवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको नेकपा एमालले घुमाउरो बाटोबाट अाफ्ना भातृ संगठनको नेतृत्व चयन गर्न खोजेको छ ।
पार्टी एकीकरणपूर्व दुवै पार्टीले अाफ्ना जनवर्गीय संगठनको महाधिवेशन गर्न रोक लगाएका थिए । तर, एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनले संगठनको अध्यक्ष चुन्नका लागि जेठ पहिलो सातामा केन्द्रीय कमिटी बैठक राख्दैछ । महाधिवेशनमा रोक लगार्इएकाले केन्द्रीय कमिटीको बैठकमार्फत नयाँ नेतृत्व चुन्न लागेको संगठनका एक नेताले लोकपथलार्इ जानकारी दिए ।
संगठनकी वर्तमान अध्यक्ष नविना लामा हाल प्रतिनिधीसभा सदस्य हुन् । लामाले यसअघि नै विध्यार्थी फाँटको जिम्मेवारीबाट अाफुलार्इ पार्टी संगठनतिर संलग्न गरार्इसकेकी छिन् । तर, लामाले संगठन छाड्न खोजेपछि अध्यक्ष पदका लागि धेरै जनाले लबिङ गरेको र समस्या परेको थियो । फागुनमै संगठनको नयाँ नेतृत्व चुनिनुपर्ने भएतापनि पार्टी एकता प्रकृया र पदीय अाकांक्षाका कारण हालसम्म संगठनले नयाँ नेतृत्व चुन्न सकेको छैन ।

महासचिव एेन महरले जेठ ४ र ५ गतेका लागि संगठनको केन्द्रीय कमिटी बैठक अाब्हान भएको जानकारी दिएका हुन् । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा बैठक बस्ने र सो बैठकलार्इ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीले संबोधन गर्ने कार्यक्रम छ ।
महर अाफैं अध्यक्ष पदका प्रत्यासी समेत हुन् । तर पार्टीको स्थायी कमिटीको बैठकमा विद्यार्थी इञ्चार्ज तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीले अापसी समन्वयका अाधारमा मिलेर संगठनको नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । तर, वर्तमान अध्यक्ष लामाले राजीनामा दिएमा हालका चारैजना उपाध्यक्षहरूले अध्यक्षमा दाबेदारी प्रश्तुत गर्ने तयारी थालेका छन् । पार्टी संस्थापन पक्षका रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामा हाल संगठनका उपाध्यक्षहरू हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया