होला त विवाद शान्त ? ओली –प्रचण्ड वार्तामा

काठमाडौं । आपसी तिक्तता बढेको भनिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली  र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवटारमा वान टु वान वार्ता सुरु भएको छ ।  

आगामी बजेटका विषयमा र पार्टी एकताका विषयमा छलफल गर्न दुई नेताबीच वार्ता सुरु भएको हो  ।  

केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पार्टीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?