कोभिडका कारण बन्द म्यानमारका विद्यालय नोभेम्बरदेखि खुल्ने

RSS
49
Shares

काठमाडौं । म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । त्यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।

म्यानमारमा कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी त्यहाँको सरकारले गरेको बताइएको छ ।

त्यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण संस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?