सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने

RSS
455
Shares

काठमाडौं । सुडानका सशस्त्र बलका कमाण्डर इन–चीफ अब्देल फताह अल–बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिनभित्र चुनिने बताएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल–बुर्हानले स्पुतनिकलाई भने, ‘मलाई आशा छ केही दिन वा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुन्नेछ’ ।

सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल–बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका छन् ।

मंगलबार हाम्डोक र उनकी श्रीमती राजधानीस्थित निवास फर्किएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?