नाच्न  नजान्ने आँगन टेढो ! हारको दोष कांग्रेसलाई लगायो राप्रपाले

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले नेपाली काँग्रेसको कारण पार्टीले निर्वाचन हारेको दाबी गरेका छन् । 

पार्टीका अध्यक्ष पशुपति शमशर राणाले काँग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन मजदुत नहुँदा आफ्नो पार्टीले समेत निर्वाचनमा लज्जाजनक हार व्यहोर्नु परेको बताए । 

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । चुनावमा कांग्रेससँग गठबन्धन बनाएको उक्त पार्टी निल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?