नेकपा (माअोवादी केन्द्र) संसदीय दलको बैठक बस्दै

काठमाडाैं : नेकपा (माअोवादी) संसदीय दलको बैठक शिंहदरबारमा शुरू भएको छ । अाज बिहान ८ बजे बस्नेगरि साे पार्टीले संसदीय दलको बैठक बोलाएको थियो । 

बैठकमा जारी बजेट अधिवेशन, एमालेसँगको पार्टी एकीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलगायतका विषयमा छलफल हुने माअोवादी स्रोतले जानकारी दिएको छ । 

पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो पटक एकताका सम्बन्धमा एमालेको लचकता र अाफ्नो पार्टीको तर्फबाट चालिनुपर्ने कदमबारे व्याख्या गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?