ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

RSS
7
Shares

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस संक्रमणमुक्त भएको छ । पछिल्लो पटक संक्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका संक्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ संक्रमित भएका थिए ।

तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ संक्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ संक्रमित भएका थिए । कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजार गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?