चीन  भारत अफगानी परियोजनामा साथ साथ हुने

एजेन्सी :चीन र भारत अफगानिस्तानमा स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षासम्बन्धी परियोजनामा सँगसगै काम गर्ने अपेक्षा गरिएको छ । यी दुई देशले यसक्षेत्रका सम्भावित परियोजनाको अध्ययन गरी साथ साथ गर्नेछन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच यस विषयमा थप छलफल भइ ठोस गरिने जनाइएको छ । भारत र चीनले अफगानिस्तानमा संयुक्त परियोजना सञ्चालन गर्ने विषयमा परियोजनासम्बन्धी दस्तावेजको अध्ययन गरेका व्यक्तिले जनाएको समाचारमा उल्लेख छ ।

अफगानिस्तानको विषयमा यी दुई देशले पटक पटक संवाद गरेका छन् । सन् २०१०मा  भारत र चीनले संयुक्तरूपमा परियोजना चलाउने सहमति गरेपनि त्यसबारे कुनै कार्य अगाडि बढेको थिएन् ।
यसैबीच भारत र अमेरिकाले अफगानिस्तानमा संयुक्तरूपमा उद्यमशीलता सम्मेलनको गतवर्ष आयोजना गरे । भारत र रुसले पनि अफगानिस्तानमा संयुक्तरूपमा परियोजनामा काम गर्ने विषयमा छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?