काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)को केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ ।
पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्य समिति बैठक वैशाख २५ गते बस्ने भएको हो । वर्तमान राजनीतिक बारे छलफल गर्न बैठक बोलाएको राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बैठकमा चार वटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत हुनेछन् । उनले भने, जसमा अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक कार्यपत्र पेश गर्नेछन् भने भावी कार्यक्रमसहित सचिवालयको प्रतिवेदन महामन्त्री राजाराम श्रेष्ठले तथा संगठनसम्बन्धी प्रतिवेदन अर्का महामन्त्री धु्रवबहादुर प्रधान र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नीलकष्ठ काफ्लेले प्रस्तुत गर्नेछन् ।
आइतबार बस्ने भनिएको बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु छलफलपति पारित गरिने राप्रपा (प्रजातान्त्रिक)ले जनाएको छ । साथै बैठकमा पार्टी एकीकरणका विषयमा पनि छलफल हुने राप्रपा (प्रजातान्त्रिक)का एक नेताले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया