बाम एकताका विवादित विषय लगभग टुंगोमा

काठमाडाैं : 'सिद्दान्त, कार्यदिशा र संगठनको सामान्य विवाद' मा अल्झिएको भनिएको नेकपा (एमाले) र माअोवादी (केन्द्र) बीचको एकता प्रकृया 'सत्ताको ग्यारेन्टी र एक अर्काको हैसियतलार्इ सम्मान गर्ने' समझदारीसहित टुंगोमा पुग्न लागेको छ । 

एमालेसँग बराबरीको हैसियतमा एकता हुनुपर्ने अडान राख्दै अाएका प्रचण्डका अन्य तीन मागमा पनि एमाले अध्यक्ष के.पी. अोली सकारात्मक बनेपछि एकता प्रकृयाले अन्तिम रूप लिएको माअोवादी स्रोतले लोकपथलार्इ जानकारी दियो । 

प्रचण्ड र अोलीका बीचमा माैखिम समझदारी भर्इसकेको र अब एकताको अाैपचारिक घोषणाका लागि मिति तय गर्न मात्रै बाँकी रहेको स्रोतको दाबी छ । 

एकताका लागि प्रचण्डका शर्त :​

अोली प्रधानमन्त्रीमा रहँदासम्म अाफु एकीकृत पार्टीको अध्यक्ष बन्न पाउनुपर्ने, 

एकता महाधिवेशनमार्फत अाफुलार्इ अध्यक्ष बनाउन लिखित सहमति गर्नुपर्ने,

एकीकृत पार्टीको केन्द्रीय कमिटीमा दुवै पार्टीबाट बराबरी उपस्थिति हुनुपर्ने, र

अोलीपछि अाफुलार्इ प्रधानमन्त्री बनाउने लिखित सहमति ।

 

अोली र प्रचण्डबीचको मोटामोटी सहमति : 

केन्द्रीय कमिटीमा यसअघि ९९ जना प्रस्ताव गरिएकोमा माअोवादीका ५० थपि एमालेको ६० र माअोवादीको ४० प्रतिशत हैसियत, 

दैनिक रूपमा पार्टी चलाउन दुबै अध्यक्षले एक एकजना संयोजक र सहसंयोजक राखि केन्द्रीय सचिवालय गठन गर्ने, 

प्रचण्ड २ बर्ष प्रधानमन्त्री, लिखित सम्झाैता तत्काल नगर्ने,

दुवै नेताको सहमतिमा पार्टीमा कार्यकारी अधिकारी प्रयोग, 

पार्टीको बर्चस्वका अाधारमा तल्ला कमिटी गठन, र

एकता महाधिवेशनले नै पार्टी नेतृत्व चयन गर्ने, अहिले नै निर्णय नगर्ने । 

 

अोलीले माअोवादी केन्द्रका तर्फबाट राखिएका माग पुरा गर्न पार्टीका प्रमुख नेताहरू माधव नेपाल र झलनाथ खनाललगायतसँग छलफल नै गरिसकेका छन् । एकता प्रकृयाका सबै काम लगभग टुंगिएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सकिएपछि पार्टी एकता गर्ने दुवै पार्टीको तयारी छ ।

जेठ पहिलो साताभित्र एकीकरण घोषणा गरि निर्वाचन अायोगमा दल दर्ता गर्नेगरि एकतामा सहमति भएको एमाले स्रोतले जानकारी दियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?