काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बस तथा माईक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।
आज गृहमन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुवातमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार तोडेर छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘‘ केहीलाई कारवाही प्रक्रियाबाट हामी पछाडी हट्छौंकी भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनाँै र फर्कन छुट पनि छैन । ’’
छलफलमा मञ्चका पदाधिकारीहरुले ट्रक, पेट्रोलिय पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणवद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
भेटमा मञ्चका पदाधिकारीहरुले एकाधिकार अन्त्यका लागि आफुहरुले वि.सं २०६० सालदेखि आवाज उठाउँदै आएपनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्रीलाई बधाई दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया