काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयलाई लिएर असन्तुष्ट बनेका कांग्रेस नेताहरू गोप्य छलफल सम्पन्न भएको छ ।
कांग्रेसका चार शीर्ष नेता रामचन्द्र पौडेल, प्रकासमान सिंह, अजुर्न नरसिंह केसी र वनीन्द्रराज जाशीबीच छलफल भएको थियो ।
आइतबार नेता प्रकाशमान सिंहको निवास ठमेलमा भएको छलफल करिब २ घण्टा चलेको थियो । बैठकमा देउवाविरुद्ध कसरी एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा छलफल भएको एक नेताले बताए ।
सभापति देउवाले पार्टी कब्जा गर्ने दिशातर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आगामि दिनमा कसरी एकताबद्ध भएर अघि बढ्ने विषयमा नेताहरु सहमत भएको त्यहाँ उपस्थित नेताले बताए ।
त्यस्तै बैठकमा वाम गठबन्धन देश कब्जा गर्ने बाटोमा उन्मुख भएको र सभापति देउवा पार्टी कब्जा गर्ने बाटोमा लागेको निष्कर्ष निकालिएको उनले बताए ।
शीर्ष नेताहरुले भने, ‘कांग्रेस पदाधिकारी चयन विधिसम्मत गरिएन । न कुनै नेतासाग सहमति गरियो । यो त पार्टी कब्जा गर्ने प्रविधि देखियो । यस कार्यले पार्टी विभाजको दिशा तिर लाग्न खाजेको देखियो ।’
बैठकमा सहभागी नेताले भने, ‘वाम गठबन्धन देश कब्जा गर्न र शेरबहादुर देउवा पार्टी कब्जा गर्न तिर अग्रसर देखियो । त्यसविरुद्ध एक भएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’
सभापति देउवाको यस्तो क्रियाकलापले अब उहाँ सँग मिलेर जाने अवस्था नरहेको भन्दै देउवाको निरंकुशतावादी प्रवृत्ति विरुद्ध वृहत्त छलफल गरेर अघि बढ्ने उनीहरुको भनाइ छ ।
नेता पौडेलले बारम्बार देउवालाई मनपरि नगर्न सचेत गराउँदा गराउँदै पनि कुनै सुनुवाई नभएको भन्दै उनको कदम घातक भएको बताएका थिए । त्यस्तै अर्का नेता केसीले देउवा पार्टी कब्जाकै बाटोमा उन्मुख भएको भन्दै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गरे । उनले भने देउवाको गलत निर्णय रोक्न आफूले हरसम्भव प्रयास गर्दा पनि त्यो सम्भव हुन नसकेको बताए ।
त्यस्तै बैठकपछि नेता नविन्द्रराज जोशीले आफूसहित चार नेताबीच समसामयिक विषयमा भएको छलफल सामान्य रुपमा लिनुपर्ने बताए ।
शुक्रबार देउवादले पार्टीको विधानविपरित उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि बढिरहेको बेला चार शीर्ष नेताबीचको यसरी भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
देउवाको यस निर्णयको नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र देउवा पक्षकै कतिपय नेताहरु समेतले असन्तुष्टि जनाउँदै आएका छन् ।
नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरूले विधान र परम्पराको प्रश्न उठाउँदै शुक्रबारको मनोनयन प्रक्रिया नै बहिष्कार गरेका थिए ।
देउवाले पार्टी विधानको धारा २१ को (घ) र तथा नियमावलीको १२ (१) बमोजिम उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया