काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयलाई लिएर असन्तुष्ट बनेका कांग्रेस नेताहरू गोप्य छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको ठमेलस्थित घरमा प्रभावशाली नेताहरु गोप्य छलफलमा जुटका हुन् ।
छलफलमा सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी र नविन्द्रराज जोशी सहभागि छन् ।
छलफलले देउवाले गरेको निर्णयका विरुद्ध कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने बताइएको छ ।
देउवाले शुक्रबार पदाधिकारीमा मनोनयन गरेको भन्दै पौडेल र नेता कृष्ण सिटौला समूहका नेताहरु असन्तुष्ट रहेका छन् ।
उनीहरुले देउवाले विधानविपरितको निर्णय गरेको आरोप लगाउँदै उनको कारण पार्टीमा थप क्षति पुग्न सक्ने दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया