काठमाडाैं : माअोवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँगको एकता प्रकृया हाइड्रोजनसँग अक्सिजन मिलेर पानी बनेजस्तो भएको बताएका छन् । एकतापछि एमाले र माअोवादीले निरन्तरता नपाउने, बरू अावश्यकताअनुसारको नयाँ पार्टी बन्ने प्रचण्डले बताए ।
मार्क्सको द्विशतबार्षिकीमा पोखरामा अायोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता सम्मानजनक, न्यायोचित र समानतामा अाधारित हुने दाबी गरे । एकता प्रकृयामा एमाले र माअोवादी दुवै पार्टी विघटन हुने र नयाँ पार्टी जन्मने भन्दै दाहालले एकता प्रकृया पानी बनेजस्तो भएको बताए ।
तत्कालिन नेकपा (मार्क्सवादी) र मालेबीच भएको पार्टी एकता उदाहरणीय भएको जनाउँदैए प्रचण्डले पार्टी एकताको लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले काठमाडौं फर्किपछि पार्टी एकताको मिति घोषणा गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया