मलेखु : विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आज धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले मलेखुबाट गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकका अनुसार उनीहरूलार्इ गिरफ्तार गरि हिरासतमा राखिएको छ ।
नेकपाले शनिबार नेपाल बन्द अाब्हान गरेको थियो । सो बन्दका क्रममा जिल्लाको गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, धुनीबेँसी नगरपालिका क्षेत्रको सडकमा सकेट बम राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा नेकपाका कार्यकर्तालार्इ प्रहरीले पक्रेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया