काठमाडौं । खोटाङ र कैलालीमा गरी २ जना मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, खोटेहाङ गाउँपालिका-९ र दिप्रुङचुईचुम्मा गाउँपालिका-४ को सिमानामा रहेको माबे केराउबोटेस्थित टुवाखोलाको बीच भागमा एक जना मृत अवस्थामा फेला परेका हुन् ।
हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी कैलाली, जानकी गाउँपालिका-९ कालिका सामुदायिक वन नजिक कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया