कांग्रेस पदाधिकारी मनोनयन, पौडेल पक्षको विरोध, देउवाले चुने चुनाव हारेका नेता

काठमाडौं, २१ वैशाख – वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधभित्रै कांग्रेसका पदाधिकारी मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनित गरेका छन् । पौडेलको समूहले भने पदाधिकारी मनोनयनको विरोध गरे ।

निधिले धनुषा ३ बाट, महतले काठमाडौं ५ बाट र खड्काले सुर्खेत १ बाट चुनाव हारेका थिए । तिनै नेता देउवा समूहले ल्याएको बहुमतका आधारतमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।

पौडेलले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै विरोध जनाएका थिए । उनको कुरामा सहमत जनाउँदै अर्का नेता प्रदीप पौडेलले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नुपर्ने मत अगाडि सारेको बताएका थिए ।

कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था भएको र दुई वर्षप्छि गर्न लागिएको भन्दै पौडेल पक्ष असन्तुष्ट देखिएको थियो ।

पदाधिकारी मनोनयनका लागि बिहान ११ बजे बैठक बोलाइए पनि साँझ पाँच बजेमात्र बैठक बसेका थियो । बैठक दश मिनेटजति मात्र बसेको थियो भने देउवा समूहले मनोनयनको प्रस्ताव पास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?