बिहीबार देशभर ५४५ जनामा कोरोना संक्रमण पुष्टि, कति निको भए ? (विवरणसहित)

लोकपथ
442
Shares

काठमाडौं । बितेको २४ घण्टामा देशभर ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा गरिएको ८ हजार ५ सय ४९ जनाको नमुना परीक्षण गर्दा ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा पिसीआर विधिबाट ६ हजार ५ सय ८६ जनाको नमुन परीक्षण गर्दा ४ सय ७० जना र एन्टीजेन विधिबाट एक हजार ९ सय ६३ जनाको परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ७ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय १५ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?