ग्याँस चोरी गर्ने तीन पक्राउ

लोकपथ
105
Shares

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका – ६ स्थित नयाँबस्तीबाट ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।

उनका अनुसार मङ्गलवार साँझ ७ बजेको समयमा मनहरी – ६ स्थित होटल सञ्चालन गरेर बसेका ४३ वर्षीय कार्कीले बुलेट ग्याँस ट्याङ्की चालकसँग समन्वय गरी खाली सिलिण्डरमा ग्याँस भरेर गाउँघरमा बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको होे ।

प्रहरीले निज भरत कार्कीको होटलबाट विभिन्न कम्पनीका खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको जनाइएको छ । ग्याँस बोक्ने गाडी एनएल०१एनओ१३१ चालक चुनुकुमार, युपी७०बिटी ९९९६ का चालक विपिनकुमार र होटल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?