गोरु काटेर मासु भागबण्डा गरिरहेका १३ जना पक्राउ

लोकपथ
819
Shares

काठमाडौं । रोल्पामा गोरु काटेको अभियोगमा १३ जना पक्राउ परेका छन् । रुन्टिगढी गाउँपालिका-१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?