बर्दियामा बाढीपीडितलाई राहत सामाग्री वितरण

RSS
0
Shares

बर्दिया । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।

बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामग्री राजापुर नगरपालिकामार्फत २६ थान त्रिपाल, ५० कार्टुन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टुन चाउचाउ वितरण गरिएको बर्दिया अक्सिजन बैंकका संयोजक भरत पौडेलले बताए । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढीका कारण एक हजार बढी घर डुवानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?