राजनीतिक विश्लेषक तुलानारायण साह फोरममा प्रवेश

काठमाडौं । राजनीतिक विश्लेषक तुलानारायण साह संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । उनले संघीय समाजवादी फोरमको सदस्यता समेत लिएका छन् । 

बिहीबार काठमाडौंमा फोरम नेपालको जारी केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले साहलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । उनीसँँगै सर्लाही इन्जिनियर मनोज वर्मा, धनुषाका देवनारायण यादव, व्यवसायीहरु रुद्रराज डोटेल र रेणु यादव पनि फोरममा प्रवेश गरेका छन् । 

साहले भने ‘मुलुकमा संविधान नबन्दासम्म सामाजिक राजनीतिक अधिकारका लागि नागरिक समाजका रुपमा सक्रिय रहे, र संविधान संशोधनका लागि सरकारसँग पहले गरे ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?