काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वान टू वान वार्ता भएको छ । दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको बताइएको छ ।
पार्टी एकताबारे टुङ्गो लगाउन भएको वार्तामा ठोस सहमतिमा टुंगो नलागेको बताइएको छ । यद्यपि थप विषयमा छलफल गर्न आजै ३ बजे बस्नेगरी वार्ता सकिएको प्रचण्डको सचिवलायले बताएको छ ।
बिहान १० बजे बालुवाटर पुगेका प्रचण्डले ओलीलाई ओली करिब १ घण्टा कुराएका थिए । कारण अध्यक्ष प्रचण्डलाई बोलाएर प्रधानमन्त्री ओली अर्कै कार्यक्रममा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया