नदीमा फसेका श्रीमान श्रीमतीको सकुशल उद्धार

RSS
49
Shares

कैलाली । कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ ।

गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटीई सकुशल उद्धार गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?