माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ, एमालेसँग बराबरको आधारमा एकता

काठमाडौं । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको बैठकमा नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई बराबरको आधारमा पार्टी एकता हुने बताएका छन् । उनले भने, एमाले र माओवादीबीच बराबरको आधारमा पार्टी एकता हुने समझदारी भइसकेको छ । 

आज बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले समान आधारमा केही दिनभित्रै पार्टी एकता हुने बताएका हुन् । 

यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए । 

प्रचण्डले बिहिबार नै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न बाँकी विषयमा छलफल गरेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत जानकारी गराएका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?