काठमाडौं । नेकपा (माओवादी केन्द्र )को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शुरु भएको छ ।
बैठकमा नेकपा एमालेसँगको पार्टी एकताका सन्दर्भमा छलफल हुने बताइएको छ ।
त्यस्तै अध्यक्ष प्रचण्डले मंगलबार पार्टी एकताका विषयमा दुई पार्टीबीच छलफल भइरहेको बताएका थिए ।
दुई पार्टीबीच एकताको सन्दर्भमा सांगठनिक, प्रतिनिधित्व, चुनाव चिन्ह, प्रस्तावनाको भाषालगायतका विषयमा कुरा मिल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया