१८ मङ्सिर २०७८, शनिवार

दशैँको समयमा चार सडकआश्रितको उद्धार

२०७८,आश्विन,३१,आईतवार १९:५०

63
Shares

बागलुङ । ‘यसपालिको दशैँमा, कोही नरहुन् सडकमा’ भन्ने आदर्श वाक्यसहित मानवसेवा आश्रमले दसैँका बेला चलाएको अभियानका क्रममा चार सहयोगापेक्षी सडकआश्रित मानिसको उद्धार गरिएको छ ।

बागलुङस्थित आश्रमकी संयोजक सुमिरा लामाका अनुसार दुई दिन चलेको उद्धार अभियानमा छ जनाको उद्धार गरिए पनि दुई बालक पछि आश्रमबाटै भागेका छन् । उनीहरू सदरमुकामका सडकमा बेवारिसे अवस्थामा फेला परेका थिए ।

नवरात्रको फूलपातीदेखि टीकाको भोलिपल्टसम्म उद्धार अभियानलाई निरन्तरता दिने भनिए पनि दशैँमा अभियन्ता र अभिभावकको व्यस्तताका कारण सुरुका दुई दिन मात्र उद्धार अभियान सञ्चालन गरिएको थियो ।

दशैँको मुखमा सहराविहीन भई सडकमा आश्रय लिइरहेका सहयोगापेक्षी मानिसलाई उद्धार गरी आश्रममा ल्याइएको संयोजक लामाले बताइन्। उनीहरूको अहिले आश्रममा हेरचाह र उपचार भइरहेको छ ।

आश्रमले दशैँमा कोही पनि मानिस गाँस र बाँस नपाएर सडकमा रहन नपरोस् भनेर सामूहिक उद्धार अभियान चलाएको हो । चाडबाडबाहेकका बेला हुने नियमित उद्धार कार्य भने निरन्तर चलिरहने आश्रमले जनाएको छ ।

पछिल्लो अभियानबाट थपिएका चारसँगै अहिले आश्रममा रहेकाको सङ्ख्या ५१ पुगेको छ । आश्रमले बेसहारा, अशक्त, असहाय र अभिभावविहीनको उद्धार तथा संरक्षण गर्दै आएको छ । आश्रमको शाखा यहाँ आएपछि हालसम्म १२५ जनाको उद्धार गरिएको जनाइएको छ । विसं २०७२ मा खुलेको आश्रमले अहिलेसम्म १६ जना सडकआश्रितलाई पारिवारिक पुर्नमिलन गराएको छ ।

‘हाम्रो चाहनाः सबैका लागि खाना, नाना र छाना’ भन्दै मानवता प्रबर्द्धन महाअभियानमा सक्रिय रहेको आश्रमले नेपाललाई सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । बागलुङलाई पनि ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला’ घोषणा गर्ने आश्रमको तयारी छ ।

आश्रममै टीका

दशैँ मनाउन धेरैलाई घर जाने चटारो पर्छ तर सहराविहीनका लागि आश्रम नै पवित्र घर बन्न पुग्छ । संयोजक लामा र अन्य अभियन्तालाई चाडपर्व आउँदा आश्रमका सहयोगापेक्षीलाई कसरी खुशी दिने भन्ने कुराले झक्झकाउँछ ।

अलपत्र र दिनःदुखीलाई मिठोमसिनो खुवाउने, राम्रो लुगा लगाइदिने, रमाइलो वातावरण सिर्जना गरिदिने ध्याउन्न उनीहरूमा हुन्छ । यसपालिको दशैँमा पनि आश्रमभित्रै टीकाटालोको कार्यक्रम गरिएको संयोजक लामाले बताइन्।

“वडाध्यक्ष र आश्रमका अभिभावकले सहयोगापेक्षीहरूलाई टीका लगाइदिनुभयो, एकापसमा शुभकामना आदानप्रदान गरियो”, संयोजक लामाले भनिन्। आश्रम रहेको वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, आश्रमका अभिभावक शिव खड्कालगायत दशैँ मनाउन त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति: २०७८,आश्विन,३१,आईतवार १९:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्दा विकास देख्ने अवसर पाएको बताएका छन् । उनले चितवन जिल्ला राजनीतिको

लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको

मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ । कूल ५५

चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६