कांग्रेसको गुटगत विवाद भातृसंगठनसम्म

काठमाडौं : नेपाली कांग्रेसभित्र शभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेलबीचको गुटगत लडाइँले भातृसंगठनमा समेत चरम रूप लिएको छ । 

विवादकै बीच केन्द्रीय समिति बैठक सकिएको दुर्इ दिन बित्न नपाउँदै गुटगत झगडाको यो अागो नेपाल विद्यार्थी संघमा फैलिएको छ । पार्टीगत विवादले उग्ररूप लिएकै समयमा नेविसंघको गुटगत विवाद सार्वजनिक भएको छ । 

नेविसंघभित्र देउवा गुटनिकट संस्थापन पक्षले विधार्थी संघको अासन्न १२ अाैं महाधिवेशन तयारीको विषयमा छलफल गर्नका लागि बैशाख २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री कुन्दनराज काफ्लेले पनि १२अाैं महाधिवेशनकै लागि भन्दै २० गते बिहिबारका लागि बैठक डाकेका छन् । 

देउवापक्ष निकट मानिने नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टी केन्द्रीय कार्यालय सानेपालार्इ बैठकस्थल तोकेका छन् भने महामन्त्री काफ्लेले बाल्मीकि क्याम्पसमा उपस्थित हुन भनेका छन् । देउवापक्ष निकट नेविसंघ गुटले बुधबार नै बैठक मिति र स्थान तोकेको हो भने पाैडेल निकट गुटले सोमबार बैठकको मिति र स्थान तोकेको हो । 

नेपाली कांग्रेसभित्र हाल देउवा र पाैडेल पक्षबीच निर्वाचन समीक्षाको निर्णय र पदाधिकारी चयनका विषयमा चर्को विवाद छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?