कांग्रेसमा यस्तो छ गुटगत अवस्था , पार्टीभित्र देउवा कि पौडेल बलियो  ?

काठमाडौ– दुई वर्षअघि कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग पराजित भएसँगै अलग तर केहि कमजोर गुट चलाउँदै आएका रामचन्द्र पौडेल पक्षधर अहिले पनि त्यही स्थानमा देखिएको छ ।

अर्थात पार्टीको एक महिना लामो केन्द्रीय समिति बैठक सकिँदासम्म समेत विवाद समाधान हुनुको साटो थप बल्झिएको देखिएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको पूर्ण बैठक सन्पन्न भएसँगै अर्को निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएपछि रामचन्द्र पक्षधर थप चिढिएका हुन् । केन्द्रीय समिमि बैठकले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनको तयारी थालेको थियो । तर, देउवाले एकलौटी रुपमा मनोनयन गर्ने ठानेर पौडेल चिढिएका हुन् । पार्टी केन्द्रीय समितिको बैठक सकिएसँगै पौडेल पत्रकारमाझ प्रस्तुत भएर बहुमतको बलमा बैठकबाट निर्णय भएको भन्दै च्याठिएका थिए । उनले बहुमतको बलमा भन्नुको अर्थ आफूसँग कुनै छलफल नभई कतै देउवाले पदाधिकारी मनोनयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको भन्ने थियो ।

विगतमा ६०–४० को भागबण्डा हुँदै आएको र आफू सभापति नहुँदाको अवस्थामा विगतमा जस्तै आफू पक्षधरले कम्तीमा ४० प्रतिशत पाउनुपर्ने पक्षमा पौडेल रहँदै आएका छन् । तर, विगतको जस्ता भाग दिनको साटो देउवाले पेलेर जाने गरेकामात्रै छैनन् कतिपय गर्नुपर्ने मनोनयन लगायतमा समेत ध्यान दिएका छैनन् । हुन त कांग्रेसभित्र दुई गुटमात्रै छैन अर्को सशक्त गुट कृष्ण सिटौलाले पनि चलाएका छन् । तर, मुख्यरुपमा जतिओटा गुट भएपनि बाहिर सशक्त रुपमा देउवा र उनी इतरका खेमा नै सशक्त रहेको छ ।

गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सशक्त रुपमा देउवाविरुद्ध एकजुट भएका सिटौलासहितका पौडेल पक्षका सबै समूह एकजुट भएका थिए । उनीहरुले देउवाले तत्काल महाधिवेशन बोलाउनुपर्ने मात्रै गरेका थिएनन् हारको सम्पूर्ण जिम्मेवारी लिनुपर्नेमा समेत जोड दिएका थिए । यही सवालमा कांग्रेसभित्रका कोइराला परिवारदेखि अर्जुन  नरसिंह केसी, प्रकाशमान सिंहसहित युवापंक्ति एकजुट हुँदै नेतृत्व विरुद्ध लागेका थिए ।

उनीहरुले विभिन्न भेला, कार्यक्रमदेखि लिएर आन्तरिक लबिङ गरेर देउवालाई दवाव दिएका थिए जुन केन्द्रीय समितिको बैठक सम्मै कायम रह्यो । केन्द्रीय समिति बैठकमा असन्तुष्टहरुले लगातार हारको जिम्मेवार नेतृत्वले लिनुपर्ने र नेतृत्वकै कारण कांग्रेस अहिलेको अवस्थामा आइपुगेको भन्दै तीब्र आलोचना गरेपनि अन्ततः देउवालाईमात्रै दोष थोपरिएन विरोधी समुूहलाई समेत जिम्मेवार ठह¥याउने गरी निर्णय भयो ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले महासमितिको बैठक आगामी भदौमा गर्ने निर्णय गरेको छ भने जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरुमार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन लगायत कार्यको तयारी गरी महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल (एमाले) नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेलले पार्टीले हार बेहोर्नुपरेको बैठकले निष्कर्ष निकालेको छ । निर्वाचनका बेला पार्टीले उम्मेदवारी चयन प्रक्रियालाई प्रयाप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घातजस्ता अनुशासनहीन क्रियाकलापले पनि पार्टी पराजयको कारणका रुपमा बैठकले औँल्याएको छ ।

यस्तै पार्टीको संरचनालाई पूर्णता दिई पार्टीको संगठनात्मक गतिविधिलाई तीव्रता दिन आवश्यक आन्तरिक व्यवस्थापनमा कमजोरी देखिनु, निर्वाचनमा जनमत सिर्जना गर्न सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रभावकारी ढंगबाट प्रयोग गर्न नसक्नुलाई पनि पराजयको कारण मानिएको छ । संघीय संसदमा र प्रदेशसभामा सशक्त एवं रचनात्मक प्रतिपक्षको भूमिका पूरा गर्न, एकीकृत वार्षिक कार्यक्रमका आधारमा स्थानीय तहसम्म प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्न, सबै पहिचानका समुदाय, महिला र नयाँ पुस्ताबीच पार्टीलाई थप प्रभावकारी बनाउन, पार्टीको सबै तहको संरचना तथा भातृ र शुभेच्छुक संस्थाका गतिविधिलाई “एकीकृत राष्ट्रिय जागरण अभियान” अन्तर्गत सञ्चालन गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रम निर्धारण गरिने बैठकले निर्णय गरेको छ बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनाअनुसार पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानूकल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने, निर्वाचनको क्रममा पार्टीको अनुशासन उल्लघंन तथा अन्तर्घात गर्ने पार्टी कार्यकर्ता र नेताहरु तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित बनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन अनुशासन समितिलाई निर्देशन दिएको छ । यी निर्णयका बाबजुत पौडेल पक्ष देउवाले अझैं पनि पेल्ने नीति नै लिएको भन्दै शशंकित छ भलै आजका लागि बोलाइएको केन्द्रीय समिति बैठक आगामी बैशाख २१ गतेसम्मको लागि स्थगित गरिएको छ ।

बैठक स्थगित भएपनि यो बीचमा सहमति जुट्ला भन्नेमा आशंका नै छ । हुन त पौडेलको निकटस्थ भनिएका शशांक कोइराला पनि देउवातिर लागेको चर्चा चल्न थालेका छ। उनको पछिल्लो अभिव्यक्तिले त्यस्तो छनक दिएको छ । आजमात्रै कोइरालाले पौडेललाई आवेगमा नआउन सुj झाएका थिए । यो सँगै पौडेल गुटमा थप कमजोर भएको बताइन्छ ।

तर अर्जुन नरसिंह केसी , कृष्णप्रसाद सिटौला, चन्द्र भण्डारी लयागतको पंक्तिले पौडेललाई सहयोग गरेभने दोउवालाई पार्टीमा सकस झनै पक्कै छ । अझ कांग्रेसका नेता कुलबहादुर गुरुङले समेत शेरबहादुर देउवालाई दिउको समर्थन फिर्ता लिइसकेका छन् । कांग्रेस निकट स्रोतका अनुसार सभापति शेरबहादुर देउवाको पक्षका ३५ निवार्चित सदस्य छन् । देउवा पक्षबाट जितेका चन्द्र भण्डारी र केबी गुरुङले उनको पक्ष छोडेका छन् । तर, पौडेल पक्षबाट जितेका चीनकाजी श्रेष्ठ सभापति पक्षमा लागिसकेका छन् । पौडेल पक्षबाटै जितेका डा. नारायण खड्का र डा. मीनेन्द्र रिजाल पनि पछिल्लो समय देउवानिकट छन् । समीक्षा बैठकमा पौडेल पक्षलाई मनाउन रिजाल सक्रिय बनेका थिए । 

कसलाई ल्याउँदैछन् पदाधिकारीमा ?
 देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीका रूपमा प्रस्ताव गर्दै छन् । सहमहामन्त्रीका लागि अर्का नेता मानबहादुर विश्वकर्माको नाम पनि चर्चा छ । देउवाले महतलाई नै बनाउने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ । निधि, खड्का र महत तीनैजना देउवानिकट हुन् ।

निधि कांग्रेस फुटेर बनेको कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री थिए । एकता भएपछि पनि उनी महामन्त्री भए । अर्का नेता खड्का पूर्वसहमहामन्त्री हुन्। विधान अनुसार पार्टी एकताबाट आएका विजयकुमार गच्छदारलाई भने उपसभापति बन्ने बाटो बन्द भएको छ । तर देश प्रादेशिक संरचनामा गएकोले विधान परिवर्तन गरेर भएपनि केन्द्रदेखि स्थानीय तहसम्म पदाधिकारीदेखी अन्यको व्यवस्थापन गर्नुपर्ने दबाब देउवामाझ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?