१३ मङ्सिर २०७८, सोमवार

नेपालको पर्यटन विकासमा यूएनडब्लुटिओको साथ

२०७८,आश्विन,२४,आईतवार २०:३३

81
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) नेपालको पर्यटन विकासका लागि सहकार्य गर्न सकारात्मक देखिएको छ ।

माल्दिभ्समा आयोजित (युएनडब्लुटिओ) एशिया प्यासिफिक क्षेत्रको पर्यटन नीति र रणनीति विषयक तालिमका अवसरमा भएका अन्तरक्रिया तथा द्विपक्षीय छलफलका क्रममा युएनडब्लुटिओ नेपालको पर्यटन प्रर्वद्धनका लागि सकारात्मक देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

माल्दिभ्समा यही असोज १९ देखि २२ सम्म आयोजित उक्त कार्यक्रममा युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकास्भिल्ली र क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीसँगको भेटमा महासचिव जुराब र क्षेत्रीय निर्देशक ह्यारीले सो धारणा राखेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको हो । महासचिव जुरावसँगको भेटमा कोभिड–१९ पछिको अवस्थामा पर्यटन पुनरुत्थानका लागि युएनडब्लुटिओ सँगको सहकार्य, दिगो पर्यटन विकास, प्राकृतिक तथा पर्वतीय पर्यटन विकास र संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल भएको र यसमा सहयोग गर्न उनीहरु इच्छुक रहेको डा रेग्मीले जानकारी दिए ।

“युएनडब्लुटिओबाट विभिन्न देशहरुले धेरै खालका सहयोग पाइरहेका छन् । ती देशहरुले प्रत्यक्ष फाइदा लिएका पनि छन् । यो अवस्थामा नेपालसँगको सहकार्य गर्ने सन्र्दभमा उनीहरुसँगको भेट फलदायी रह्यो । साथै उनीहरुले सन २०२३ मा नेपालमा एशिया प्यासिफिक क्षेत्रको कुनै कार्यक्रम गर्ने बचन दिएका छन्”, उनले भने ।

माल्दिभ्सका पर्यटनमन्त्री डा अब्दुल्लाह मौसुमसँगको भेटमा नेपाल र माल्दिभ्सबीच पर्यटन प्रवद्र्धनका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको डा रेग्मीले जानकारी दिए ।

त्यसैगरी बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालको पर्यटनको पछिल्लो अवस्थाका साथै अन्तर्राष्ट्रिय पर्यटनको पुनः सञ्चालन र आन्तरिक पर्यटन प्रर्वद्धनका विषयमा विशेष सत्रमा आफनो प्रस्तुतीकरण दिनुभएको थियो भने कार्यक्रममा सहभागीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

कार्यक्रममा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलङ्का, हङकङ, पाकिस्तान, कोलम्बिया, इन्डोनेशिया, भियतनाम, मङ्गोलिया, इरान, म्यानमार, सामो, मकाउ, कोरिया, स्पेन, इटली, इजिप्ट र फिजिलगायत देश र क्षेत्रबाट प्रत्यक्ष सहभागी थिए भने कतिपय देशबाट भर्चुअल सहभागिता रहेको थियो । कार्यक्रममा पर्यटकीय गन्तव्यको व्यवस्थापन तथा सञ्चालन र आन्तरिक पर्यटनमा नवप्रवद्र्धन र यसको भविष्य तथा आन्तरिक पर्यटनमा निजी क्षेत्रको सहभागिता अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटनको पुनः सञ्चालनलगायतका विभिन्न सत्रमा पर्यटन विज्ञहरुले प्रस्तुति राखेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २०७८,आश्विन,२४,आईतवार २०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि म्याग्दीका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल थपिएका छन् ।

भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाले  पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छ ।

काठमाडौं । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एवँ धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक

काठमाडौं । तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२