पदाधिकारी चयन गर्न देउवाले बैठक बोलाए

केन्द्रीय कार्यसमितिमा पदपूर्ति गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यको बैठक डाेकेका छन् । ८ बजेदेखि बस्ने तयारीका साथ सभापति देउवाले बैठक बोलाएपनि वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहले भने बैठकप्रति असन्तुष्टि जनाएको छ । 

कांग्रेसले महाधिवेशन सकिएको २६ महिनासम्म पनि पदाधिकारी चयन गरि पार्टीलार्इ पूर्णता दिएको छैन । विधानअनुसार महाधिवेश भएको २ महिनाभित्र पार्टीका सवै संगठनलार्इ पूर्णता दिनुपर्ने प्रावधान छ । 

पछिल्लो निर्वाचनमा कांग्रेसले ठूलो हार व्यहोरेको र देशमा नेपाली कांग्रेसको अवस्था ज्यादै चुनौतिपूर्ण हुन पुगेको जनाउँदै पाैडेलले आइतबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी असन्तुष्टि पोखेका थिए । पार्टीका सबैले आफ्नोआफ्नो जिम्मेवारी लिएर पार्टीलाई अब सच्याएर जाने भन्ने धारणा अनुसार आइतबारको बैठकमा बैठकमा अाफुहरूले खासै विरोध नगरेको, तर बैठकको तत्कालै सभापतिले निर्वाचित सदस्यहरुको बैठक डाकेपछि पाैडेल समुहले यसको विरोध गरेको जनाएको छ ।

२ महिनाभित्रै पदाधिकारी चयन गर्नुपर्नेमा दुई वर्षसम्म नगरेकाले ती पदहरु स्वतः रिक्त भइसकेको पाैडेलले बताएका छन् । देउवाले बोलाएको बैठक विधान विपरीत भएको पाैडेलको आरोप छ । 

कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ। देउवाले निर्वाचित केन्द्रीय समिति बैठकबाट यी पदमा घुमाउरो बाटोबाट अाफ्नो समूहको प्रभुत्व बढाउन लागेको पाैडेल समूहको अारोप छ । 

देउवा निकट नेताहरूका अनुसार रिक्त पदमध्येको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलार्इ चयन गर्ने सम्भावना छ । 

निर्वाचित ६४ सदस्यमध्ये ४० जना अाफुहरूको समुहको रहेको देउवा पक्षको दाबी छ। यसहिसाबले सभापति देउवाले बहुमतका अाधारमा भएपनि अाफु अनुकूलका व्यक्तिहरूलार्इ चयन गर्न सक्ने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?