स्थानीय तहको निर्वाचनदेखि नै हारको धक्का व्यहोरेको नेपाली कांग्रेसभित्र चुनाव पराजयको विवाद उत्कर्षमा पुगेको छ । यो विवादले जारी केन्द्रीय समितिको बैठक नै स्थगित गर्नुपर्ने स्थितिमा कांग्रेसलार्इ धकेलिदिएको छ ।
चैत ९ गतेदेखि जारी केन्द्रिय समिति बैठक हालसम्म कुनै निश्कर्षमा पुगेको छैन । बैठकको अधिकांश अवधिमा कांग्रेसले व्यहोरेको चुनावी हारको जिम्मा पार्टी शभापति शेर बहादुर देउवाले लिनुपर्ने बताउने देउवा इतरको खेमा र हारमा शभापतिको कुनै हात नभएकाले सवैले जिम्मा लिनुपर्ने बताउने देउवा समुहबीच रस्साकस्सी चलिरहेको छ ।
जारी केन्द्रिय समितिको शनिवारको बैठक यहि रस्साकस्सीका कारण स्थगित भयो । शनिबारको बैठकमार्फत पार्टीका लागि महत्वपूर्ण निर्णय लिने तयारीमा कांग्रेसका पदाधिकारी र शीर्ष नेता जुटेका थिए । पार्टी पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक अाव्हान र विधान संशोधनका विषयमा सर्वसहमति खोज्ने प्रयास भएपनि बैठक नै बस्न सकेन ।
चुनावी हारको जिम्मा लिने बिषयमा शनिवार दिनभर पार्टी शभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेल समुहबीच सहमतिको प्रयास भएको थियो, तर दुर्इ मूख्य खेमाबीच कुनै सहमतिको गुञ्जायस नदेखिएन । बैठकमा सहभागी हुन विहान ९ बजे नै पार्टी कार्यालय सानेपा पुगेका नेताहरू दिनभर गफिए, र साँझ बिना उपलब्धी घर फर्किए । शनिबारको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी थियो ।
देउवा पक्षले कांग्रेसले चुनाव हार्नुका पछाडि एमाले र माअोवादी गठबन्धनको मात्र हात रहेको दावी गरेको छ । तर, पार्टीको अान्तरिक नेतृत्वको प्रतिष्पर्धामा देउवासँग हारेका रामचन्द्र पाैडेल पक्षधरले चाहिँ कांग्रेसले आफ्ना राम्रा कामहरुको पनि प्रचार गर्न नसकेको र पार्टी सरकारमा रहँदा गरिएका कतिपय निर्णयहरू अनुपयुक्त रहेकाले यसैका कारण चुनाव हारेको जिकिर गरिरहेको छ।
शनिवार स्थगित बैठक पुन : अाज ९ बजे बस्दैछ । बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसुची छ । कोइरालाको प्रस्तावमाथि शेरबहादुर देउवाले बाेल्ने र त्यसका अाधारमा अन्तिम रूप दिने जनाइएको छ ।
तर, चुनावी हारकै विषयमा देउवा पक्षले जिम्मा नलिएसम्म बैठक नटुंग्याउने पक्षमा पाैडेल समुह देखिन्छ । पौडेलसहितका शीर्ष नेताहरुले राजनीतिक प्रस्तावमा नोट अफ डिसेन्ट लेख्ने अवस्था रहेको बताएका छन् । तर देउवा पक्षले यस्ता अवस्था आउन नदिने रणनीति बनार्इरहेको छ ।
देउवा र पौडेल समूहबीच महासमिति बैठकको मिति तोक्ने बिषयमा पनि सहमति हुन सकेको छैन । देउवा समूहले साउन अन्तिम वा भदौमा गर्ने प्रस्ताव राखेपनि अन्यले जेठ अन्तिममा गर्नुपर्ने अडान राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया