बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा आलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएपछि यसका लागि आइतबार प्रदेशसभाको आकस्मिक बैठक बोलाइएको छ ।
बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन प्रधानमन्त्री लुम्बिनी आउँदैछन् । त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएका हुन् ।
प्रदेशसभाका सचिव मानबहादुर विकका अनुसार प्रधानमन्त्री ओलीले वैशाख १६ गते विहान ९ बजे प्रदेशसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया