काठमाडौं । प्रहरीले चाडपर्वमा हुनसक्ने चोरी डकैती कम गर्नलाई काठमाडौंका विभिन्न ठाउँहरुबाट २०७ पाकेटमारलाई पक्राउ गरेको छ ।
प्रहरीले चाडपर्वलक्षित विशेष योजनाअगावै बसपार्क तथा सार्वजनिक यातायातहरुमा पाकटेमार गर्नेहरुमाथि निगरानी राखेको थियो ।
प्रहरीले यातायात व्यवसायीहरुसँग समेतको सहकार्यमा सादा पोसाकमा खटिई भदौ २५ गतेदेखि असोज १५ गतेसम्ममा २०७ जना पक्राउ गरेको छ । भने उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार २०७ जनामध्ये १६१ जना माथि अनुसन्धान भइरहेको, ४६ जनामाथि अनुसन्धान भई कारागार चलान गरिएको छ ।

विभिन्न स्थानमा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद मोबाइल, गरगहना, चोर्दा रंगेहात तथा पकेट मारहरु २०७ जना पक्राउ गरी अनुसन्धान भइरहेको । २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भइ सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउँदा कारागार चलान भएका छन्’, उनले भने ।
प्रहरीका अनुसार बस, माइक्रो वा अन्य ठाउँमा पाकेट मार्दा उनीहरु समूहमा जाने र भीडभाड गरी चोरी गर्ने गरेका थिए । भने विभिन्न सांकेतिक भाषाको प्रयोग गरी चोरि गर्नेगरेको प्रहरीले जनाएको छ ।
उनीहरुले पैसा, द, मोबाइल, कान, पाकेटमार पीडित, गाडी काँचालगायतका भाषाहरु प्रयोग गरी पाकोट मार्ने गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया