काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको मर्यादा क्रममा आफूलाई पछि पार्न लागिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन् ।
करिब दुई घण्टा बोलेका श्रेष्ठले आफ्नो विगत देखिको भूमिका बैठकमा सुनाएका थिए। उपसभापतिको आकांक्षी समेत रहेका श्रेष्ठले आफ्नो इतिहास कोट्याउन लागेपछि सभापतिले छोट्याउन पटक पटक आग्रह गरेका थिए ।
बोल्ने क्रममा श्रेष्ठले वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका थिए । लिखित रूपमा पौडेलले सभापतिलाई लगाएको आरोपको उनले प्रतिवाद गरेका थिए । निर्वाचन पराजयको जिम्मेवारी पौडेलको पनि भएको उनले औँल्याए ।
केन्द्रिय कार्य समितिको बैठकमा विजय गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता देवी यादवले बोलेपछि पार्टी सभापतिले जवाफ दिने बताइएको छ ।
केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले बैठक आज सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया