गणेश थापा हिँडेपछि राप्रपा मकवानपुरको अध्यक्ष नयाँ आए

काठमाडौं, ५ बैशाख -राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको रिक्त अध्यक्ष पदमा मधु अधिकारी मनोनित भएका छन् । जिल्ला अध्यक्ष गणेश थापाले राजिनामा दिएपछी रिक्त भएको पदमा केन्द्रिय सदस्य समेत रहेका अधिकारिलाई जिम्मेवारी दिईएको हो ।राप्रपा अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सम्पुर्ण स्थानिय तहको अधिबेशन सम्पन्न गरि जिल्ला परिषद् सम्पन्न गराउन जिम्मेवारी तोकिएको छ । अधिकारी हेटौंडा नगरका पुर्ब नगर प्रमुख हुन् भने कराते खेलका ब्ल्याकबेल्ट पनि हुन् । जिल्लामा राम्रो बौद्धिक ब्यक्तिको छवि बनाएका उनी पत्रपत्रीकामा सम सामयिक बिषयमा कलम समेत चलाउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?