संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज स्वेदश फर्किँदै परराष्ट्रमन्त्री डा. खड्का

लोकपथ
273
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का बुधबार (आज) स्वदेश फर्किँदैछन् ।

बुधबार राष्ट्र संघको चालू ७६ औँ महासभामा सहभागी भई अमेरिकाको न्यूयोर्कबाट काठमाडौं प्रस्थान गरेका हुन् ।

न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका खड्काले विभिन्न देशका समकक्षी तथा कुटनीतिक नियोगका उच्च अधिकारीहरुसँग समेत भेटघाट गरेको नियोगले जनाएको छ ।

सरकारको सिफारिसमा गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । संयुक्त राष्ट्र संघको महासभामा पठाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए । सोही दिन नै सपथ ग्रहण र कार्यभार सम्हाल्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?