काठमाडौं, ५ वैशाख । खानेपानी मन्त्री बीना मगरले जनताको सेवामा अवरोध पुर्याउने हरेक अप्ठ्यारा तोडिने बताए ।काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको मौलिक अधिकारको रुपमा रहेको स्वच्छ खानेपानीको व्यवस्थापनका लागि मन्त्रालयको टिमले सामुहिक रुपमा लाग्नुपर्ने बताउनुभयो । ‘विकसित र समृद्ध नेपालको पहिलो आधार खानेपानी र सरसफाई हो । यसको जिम्मेवारी हामीले लिएका छौं,’ उहाँले भन्नुभयो, ‘अहिले हरेक जनताले हाम्रो मन्त्रालयलाई, तपाईलाई, मलाई हेरिरहेका छन्, मौलिक अधिकार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हामीमा तेर्सिएको छ ।’मन्त्रालयका कर्मचारी तलब खाएर पनि जनताको सेवा गर्ने भूमिकामा रहेकाले सबै कर्मचारीले जनताको सेवामा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । ‘देशले अहिले विगतको भन्दा फरक भूमिका मागेको छ । सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ । हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुप¥यो,’ उहाँले भन्नुभयो, ‘सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुप¥यो ।’मन्त्रालयका कामकारवाही सञ्चालनका क्रममा आउने हरेक समस्यालाई सहजीकरण गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मन्त्री मगरले भन्नुभयो, ‘अहिलेको सरकार हिजोको जस्तो सरकार होइन, जनताको म्यान्डेड प्राप्त सरकार हो । यही अनुसार जनताले अपेक्षा गरेका छन् ।’ खानेपानी मन्त्रालयले खानेपानी समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनले बताए । ।कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया