सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

RSS
42
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १३ र डडेल्धुरा अस्पतालमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा तीन र दार्चुलामा एक जनामा संक्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?