दक्षिण कोरियामा पुनः बढ्यो कोरोना संक्रमण

RSS
208
Shares

सोल । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ संक्रमितको संख्या तीन हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक तीन हजार नाघेको छ ।

दक्षिण कोरियामाख गत सोमबारदेखि कोरियन दशैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।

बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले संक्रमितको संख्या बढेको हो । संक्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल सङ्क्रमितको संख्या ८३९ ले बढी हो । शनिबार थपिएका कुल सङ्क्रमितमध्ये तीन हजार २४५ स्थानीय सङ्क्रमित छन भने बाँकी बाहिरबाट संक्रमित भई आउने छन् ।

कोरोना संक्रमितको संख्या बढ्नेक्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको संख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?