काठमाडौं । विराटनगरमा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।
आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालतको गेटअघि खुकुरी प्रहार भएको हो ।
काभ्रेका इँटा व्यवसायी कलामसिंह लामामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लामाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न विमल कार्कीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया