एमालेसँगको विद्रोह बाध्यता भएको एकीकृत समाजवादीका नेताहरुहरुको भनाइ

लोकपथ
182
Shares
afun’ª ( c;f]h M g]skf -P;_ zky u|x0f – g]kfn sDo’lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_ sf] cfh ;DkGg afun’ª lhNnf e]nf tyf sldl6 3f]if0ff sfo{qmddf kbsf] ;ky lnFb} sldl6sf kbflwsf/L Pj+ ;b:ox? . t:jL/ M /fdaxfb’/ yfkf, /f;;

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् ।

नेकपा (एस)को जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा (एमाले) दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताए । “पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो”,उनले भने, “नवौँ महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौँ ।”

एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता÷कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भए पनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गरे ।

पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा (एस)लाई श्रेष्ठता दिलाउनुपर्ने दायित्व आफूहरुमा आएको बताए । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उनको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाए ।

पूर्व उर्जाराज्यमन्त्रीसमेत रहेका नेकपा (एस)का नेता रामजीप्रसाद शर्माले कमजोर हातले क्रान्तिको झण्डा उठाउन नसक्ने भन्दै आफूहरु समाजवादी क्रान्तिमा होमिएको बताए । नेता श्रीप्रसाद शर्माले वाम विचार राख्ने पार्टीहरु विकृत हुँदै गएकाले सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी निर्माण र समाजवादी लक्ष्यका लागि नेकपा (एस)मा लामबद्ध हुन नेता, कार्यकर्तालाई आह्वान गरे । भेलाले लालबहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला किमिटी चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?