९ कार्तिक २०७८, मंगलवार

दशैँअघि नै बालबालिकालाई कोरोनाविरुद्धको खोप : मन्त्री श्रेष्ठ

२०७८,आश्विन,८,शुक्रवार १२:०७

234
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिए । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । उनले भने, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।’ फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए ।

भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: २०७८,आश्विन,८,शुक्रवार १२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै

लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने

घोराही । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले मुलुकमा संकट थपिन लागेको बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७