काठमाडौं–प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।नेता विश्वकर्माले ६ महिना भित्र संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई सम्पन्न गर्न पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् ।मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभामा ७ वटा समिति बनाउन उपयुक्त हुने प्रस्ताव पनि अघि सारे ।प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा १० वटा समिति बनाउने विषयमा करिव सहमति जुटेको छ ।तर, नियमावली मस्यौदा समितिको सदस्य समेत रहेका काँग्रेस नेता विश्वकर्माले भने मन्त्रालयको संख्या घटेकै अनुपातमा समितिहरुको संख्या पनि घटाएर ७ वटा बनाउन उपयुक्त हुने धारणा पार्टीको रहेको बताए ।उनले प्रतिनिधिसभामा विषयगत समितिहरुको संख्याको विषयमा निर्णय लिन विज्ञहरुसँग परामर्श गर्नुपर्ने माग पनि गरे ।काँग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने तर्क समेत गरे । उनले काँग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको विपक्षमा रहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया