काठमाडौं, ३ बैशाख– एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ । यद्यपी बैठक कुनै उपलब्धीमूलक नभएको बताइएको छ ।दुई नेताको २ घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने बाहेक अरु सहमति हुन सकेन ।बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया