८ कार्तिक २०७८, सोमवार

के हो गेस्ट्रेक्टोमी?

२०७८,आश्विन,१,शुक्रवार १४:१९


हाइलाइट्स

  • गेस्ट्रेक्टोमी केलाई भनिन्छ?
  • चिकित्सकले कस्तो अवस्थामा गेस्ट्रेक्टोमी अप्रेसन गर्ने सल्लाह दिनसक्छन्?
  • गेस्ट्रेक्टोमी कस्ले गर्नुहुन्न?शल्यक्रिया अघि उल्लेखित विषयहरुमा ध्यान राख्न सल्लाह दिइन्छ
  • शल्यक्रिया अघि चिकित्सकले तपाईंसँग कस्तो प्रश्नहरु सोध्न सक्छन्?
  • ओपन सर्जरी (खुल्ला शल्यक्रिया) भनेको के हो?
  • लेप्रोस्कोपिक सर्जरी भनेको के हो?
  • गेस्ट्रेक्टोमी शल्यक्रिया पछि के गर्ने?
  • कतिबेला चिकित्सकलाई भेट्न ढिला नगर्ने?
  • गेस्ट्रेक्टोमी शल्यक्रियाको केही सम्भावित जोखिम तथा अप्ठेराहरु

गेस्ट्रेक्टोमी अप्रेशन (शल्यक्रिया) को प्रक्रिया हो, जसमा पेटको कुनै एक भाग अथवा पूरा पेटलाई हटाउने गरिन्छ । यो शल्यक्रिया विशेषतः पेटको क्यान्सर (अबुर्द), पेट भित्र असामान्यरुपमा हुनसक्ने बोसोको गाँठो अथवा मोटोपन इत्यादि कम गर्नका लागि गर्ने गरिन्छ । गेस्ट्रेक्टोमीलाई चार बेग्ला-बेग्लै शल्य (सर्जिकल) प्रक्रिया अनुसार गर्ने गरिन्छ । जसलाई पूर्ण गेस्ट्रेक्टोमी (Total Gastrectomy), आंशिक गेस्ट्रेक्टोमी (Subtotal Gastrectomy), ईसोफेगो गेस्ट्रेक्टोमी (esophagoGastrectomy) और स्लीव गेस्ट्रेक्टोमी (Sleeve Gastrectomy) भन्ने गरिन्छ । शल्यक्रिया अघि चिकित्सक (Doctor)ले तपाईंको स्वास्थ्य सम्बन्धी पछिल्लो सबै जानकारीहरु लिएर बिरामीको केही ल्याब परिक्षण तथा CTScan मार्फत् परिक्षण गर्ने गर्दछन् । शल्यक्रियाको केही दिन दिन अघिबाट तपाईंलाई सूर्ती, चुरोट तथा मदिराजन्य कुराहरु सेवन गर्न बन्देज लगाउनेछन् ।

गेस्ट्रेक्टोमी शल्यक्रियालाई मुख्यगरी लेप्रोस्कोपीक विधी अथवा खुल्ला शल्यक्रिया (Open Surgery) विधीबाट गर्ने गरिन्छ । यो शल्यक्रिया भएपछि कम्तीमा दुई-तीन हप्तासम्म बिरामी अस्पतालमैं भर्ना भएर बस्नुपर्दछ । घर फर्जकिए पनि शल्यक्रिया गरेर स्टिच (टाँका) लगाइएको घाउको हेरबिचार तथा सरसफाईमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । साथै चिकित्सकको सल्लाह अनुसार तपाईंको दैनिक आहार-विहार सम्बन्धी कुराहरुलाई विशेष ध्यान दिनुपर्नेहुन्छ । अप्रेशन भएर घर जाने अनुमती प्राप्त भएको दुई-तीन हप्तापछि चिकित्सकले फेरी अस्पताल बोलाउने गर्दछन् । तर यस बिचमा बिरामीले यदि ज्वरो आउने, अप्रेशन भएको भागमा पीडा हुने अथवा शरिरले जाडो भएको महशुस गर्दछ भने चिकित्सकलाई यसबारे जानकारी दिन ढिला गर्नुहुन्न ।

गेस्ट्रेक्टोमी केलाई भनिन्छ?
गेस्ट्रेक्टोमी अप्रेशन (शल्यक्रिया) को प्रक्रिया हो, जसमा पेटको कुनै एक भाग अथवा पूरा पेटलाई हटाउने गरिन्छ ।

पेट हाम्रो पाचनतन्त्रक एउटा अङ्ग हो, र यो भोजन नली (Esophagus – इसोफेगस) तथा सानो आन्द्राको बीचमा रहेको हुन्छ । पेटको भित्री पत्रमा ग्रन्थिहरु रहेका हुन्छन्, जसले विशेष प्रकारको एसिड तथा इन्जाइम बनाउने गर्दछ । यि एसिड तथा इन्जाइमले हामीले खाएर पेटभित्र पुगेका खानेकुराहरुलाई पचाउन मद्दत गर्दर्छ । पेटमा रहेको मान्सपेशिहरुले भोजनलाई इन्जाइम तथा एसिडमा राम्रोसँग मिसाउछ जसका कारण पेटभित्र रहेका खानेकुराहरु गलाउदछ, यो खानेकुराहरु पच्ने प्रक्रिया हो ।

हामीले खाएका खानेकुराहरु पेटबाट सानो आन्द्राको पहिलो भागसम्म पुग्छ। यसलाई ड्यूडेनम (Duodenum) भनिन्छ । जबसम्म खानेकुराहरु सानो आन्द्राको यात्रा गरीरहेको हुन्छ, त्यस क्रममा खानेकुराको पाचन क्रमशः भइरहेको हुन्छ ।

चिकित्सकले यि निम्न अवस्थामा गेस्ट्रेक्टोमी अप्रेसन गर्ने सल्लाह दिनसक्छन्ः
क) पेटको क्यान्सर (पेटको अबुर्दरोग)
ख) पेट भित्रको घाउ (जसबाट रक्तस्राव देखिएको छ)
ग) अन्न नलीको क्यान्सर
घ) सुन्निएको अथवा रातो देखिएमा
ङ) पेटको पत्रमा प्वाल भएमा
च) पेटमा ट्यूमर (क्यान्सर रहित)
छ) सानो आन्द्राको पहिलो भागमा अल्सर भएमा
ज) पेट वा ड्यूडेनममा बोसोको गाँठो देखिएमा
झ) मोटोपन असाधारण रुपले बढ्न थालेमा

गेस्ट्रेक्टोमी कस्ले गर्नुहुन्न?

केही यस्ता परिस्थितीहरु छन् जुन अवस्थामा चिकित्सकले गेस्ट्रेक्टोमी अप्रेसन नगर्न सल्लाह दिनेगदर्छन्:

  • क्यान्सर भएको स्थानको छेउछाउको ऊतक (TIH-shoo)मा क्यान्सर फैलिएको छ भने जस्तै ट्रान्सवर्स कोलन, एओर्टा तथा अग्नाशय आदि
  • क्यान्सर अन्य भागका ऊतकहरुमा फैलिएको भएमा
  • पेरिटोनियल क्यान्सर

शल्यक्रिया अघि उल्लेखित विषयहरुमा ध्यान राख्न सल्लाह दिइन्छः
यदि हालसालै तपाईंलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको अथवा कुनै शल्यक्रिया (Surgery) भएको भए सो सम्बन्धमा चिकित्सकलाई अवश्य जानकारी दिनुहोस् ।

यदि तपाईंले कुनैपनि किसिमको औषधि, हर्बल उत्पादन, भिटमिन, मिनरल अथवा कुनै अन्य सप्लीमेन्ट सेवन गरिरहनुभएको छ भने चिकित्सकलाई अवश्य जानकारी दिनुहोस् । किनकि चिकित्सकले यी मध्येका केही औषधिहरुको सेवन केही समयका लागि बन्द गर्नेछन् । जसमा मुख्यतः रगत पातलो गर्ने औषधिहरु रहेका छन् । जस्तैः एस्पिरिन, भिटमिन ई, आईबुप्रोफेन र वार्फेरिन ईत्यादि।

यदि तपाईंलाई स्वास्थ्य सम्बन्धी कुनै पनि प्रकारको स्वास्थ्य समस्या जस्तैः एलर्जी अथवा अन्य कुनै स्वास्थ्य समस्या छ भने, चिकित्सकलाई तपाईंको समस्याका सम्बन्धमा शल्यक्रिया अघि जानकारी दिनुहोस् ।

चिकित्सकले तपाईंलाई स्वास्थ्य सम्बन्धी केही ल्याब परिक्षणहरु तथा सिटी स्क्यान गर्ने सल्लाह दिन सक्छन्, जस्तै रगत परिक्षण (Blood Test), पिसाब परिक्षण (Urine Test), छातीको एक्सरे (Chest X-ray) तथा इलेक्ट्रोकार्डियोग्राम (Electrocardiogram) इत्यादि ।

केही विशेष स्वास्थ्य अवस्थामा सिटी स्क्यान तथा अपर-इण्डोस्कोपी (Upper-Endoscopy) पनि गर्नुपर्ने हुनसक्छ, अपर-इण्डोस्कोपीमार्फत पेट सम्बन्धी रोगहरुको परिक्षण हुने गर्दछ ।

यदि तपाईं धूमपान या मद्यपान (रक्सी वा रक्सीबाट बनेका पेय पदार्थ)को सेवन गर्नुहुन्छ भने, चिकित्सकले तपाईंलाई शल्यक्रिया गर्नु केही दिन पहिले तथा शल्यक्रिया गरिएको केही समयसम्मका लागि धूमपान तथा मद्यपान छाड्ने सल्लाह दिनेछन् । यसो गर्दा तपाईंको शल्यक्रियाको क्रममा सम्भावित जटिल परिस्थिति उत्पन्न हुनसक्ने आशंकालाई न्यूनीकरण गर्दछ । चिकित्सकको सल्लाह भनेको तपाईंलाई छिटो भन्दा छिटो स्वस्थ्य हुन सहयोग पुग्ने उपायहरु हुन ।

शल्यक्रियाको दिन तपाईंलाई अस्पतालमा खाली पेट रहन सल्लाह दिइन्छ, जसका लागि तपाईंलाई सर्जरी हुने एकदिन अघिको आधी रात कुनैपनि खानेकुरा तथा पिउने कुरा नखान भनिएको हुन्छ । सामान्यतया शल्यक्रियाको एकदिन अघिबाटै तपाईंलाई मुख्यत तरल पदार्थको सेवन गर्न दिइन्छ ।

शल्यक्रियाको दिन अस्पताल पुग्नुअघि नुहाउनुहोस् र खुकुलो तथा आरामदायी पहिरन लगाउनुहोस् । कुनैपनि गहना, ग्याजेट (ब्लूतुथ या घडी) नलगाउनुहोस् । आफ्नो अनुहार अथवा शरिरका कुनैपनि अङ्गमा क्रिम नलगाउनुहोस्, मेकअप नगर्नुहोस् ।

शल्यक्रियाको दिन तपाईंलाई तपाईंसँग कुनै रगतको नाता, आफन्त वा नजिकको साथी लिएर आउन सल्लाह दिईन्छ । यसले शल्यक्रिशल्यक्रिया अघि चिकित्सकले तपाईंसँग केही प्रश्नहरु सोध्न सक्छन्ःया भन्दा अघि भइपरिआउने कामहरुमा सहजीकरण गर्न सहयोग मिल्छ । तथा शल्यक्रिया पश्चात् तपाईंलाई घर लिएर जान सकून ।

यस बाहेक शल्यक्रिया अघि चिकित्सकले तपाईंसँग केही प्रश्नहरु सोध्न सक्छन्ः

  • महिला भएमाः के तपाईं गर्भवती हुनुहुन्छ अथवा गर्भधारण गर्ने योजना बनाउँदैहुनुहुन्छ?
  • के तपाईंलाई स्लीप एपनिया (Sleep Apnea) को समस्या छ छैन?
  • तपाईंको शरिरमा कुनै मुटुसँग सम्बन्धीत स्वास्थ्य उपकरण (Heart Device) जडान गरिएको त छैन, जस्तै पेसमेकर (Heart Pacemaker)
  • अस्पतालमा शल्यक्रिया प्रारम्भ गर्नुअघि तपाईंलाई एउटा स्वघोषणा अथवा सहमति-पत्र दिइएको हुन्छ, त्यस पत्रमा हस्ताक्षर गरेर तपाईंले शल्य चिकित्सक (Surgeon)लाई शल्यक्रिया गर्ने अनुमति दिईन्छ । तर, हस्ताक्षर गर्नुअघि पत्रलाई एक पटक राम्री पढ्ने र बुझ्ने कार्य भने गर्नुपर्छ ।

जतिबेला तपाईंलाई शल्यक्रियाका लागि अस्पतालमा भर्ना गरिन्छ त्यस समय तपाईंलाई एउटा विशेष किसिमको पहिरन लगाउन भनिन्छ, यसलाई चिकित्सा भाषामा “हस्पिटल गाउन – Hospital Gown” भन्ने गरिन्छ । साथै तपाईंको खुट्टामा कम्प्रेशन स्टकिङ्ग (Compression Stockings) लगाईन्छ, यसले शल्यक्रियाका दौरान निस्किने रगत तपाईंको खुट्टामा जम्न दिंदैन । यस पछि तपाईंलाई अपरेशन थिएटरमा लगिन्छ र तपाईंको पाखुरा या हातको नसामा इन्जक्सन लगाएर इन्ट्रावेनस लाइन (intravenous (IV) lines) को प्रारम्भ गर्ने गरिन्छ । तपाईंलाई एनेस्थीसिया (Anesthesia) को इन्जेक्शन लगाइन्छ, जसले तपाईंलाई शल्यक्रियाका दौरान पीडारहित गहिरो निन्द्राको स्थितिमा पुर्याउँछ र तपाईंलाई शल्यक्रियाका क्रममा शरीर चीरफारको कुनै अनुभूती नै हुन पाउदैन ।

यस बाहेक निम्न ट्यूब पनि राखिन्छः
क) नेसोग्यास्ट्रिक ट्यूब (Nasogastric Intubation)लाई तपाईंको नाकको माध्यमबाट पेटसम्म पुर्र्याइन्छ, जसको मद्दतबाट पेटलाई खाली गर्ने गरिन्छ ।
ख) पिशाबलाई निकालनका लागि ब्लाडरमा केथेटर लगाउने गरिन्छ, जसलाई एउटा प्लाष्टिकको थैलीसँग जोडिएको हुन्छ, यसरी पिशाब सिधै थैलीमा जम्मा भईरहन्छ ।
ग) मुखको माध्यमबाट एउटा ट्यूबलाई फोक्सोसम्म पुर्र्याइन्छ, यस ट्यूबले तपाईंलाई साँस लिन सहयोग पुर्र्याउँछ ।

गेस्ट्रेक्टोमीलाई ओपन तथा लेप्रोस्कोपी दुवै शल्यक्रिया प्रक्रियाहरुबाट गर्न सकिन्छ, यसलाई निम्न किसिमले ब्याख्या वरिएको छः

ओपन सर्जरी (खुल्ला शल्यक्रिया)
यसमा शल्यचिकित्सक (Surgeon)ले बिरामीको पेटमा सर्जिकल ब्लेडको सहयोगमा आवश्यक्ता अनुसारको चिर्दछन् । पेट चिरिसकेपछि स्वास्थ्य उपकरणहरु तथा हातलाई पेटभित्र राखी पेटको केही भाग या पुरै पेटलाई काटेर बाहिर निकाल्ने गरिन्छ र शल्यक्रिया पश्चात अनावश्यक कुरा फालेर पुन पेटलाई जस्ताको तेस्तै राखी चिरिएको पेटमा टाँका या स्टेपल लगाएर पूर्ववत अवस्थामा पेट तयार गरिन्छ ।

लेप्रोस्कोपिक सर्जरी (Laparoscopic Surgery)
यो शल्यक्रिया प्रक्रियामा शल्यचिकित्सकले पेटको माथिल्लो भागमा कैंयन सान्सानो चीरा लगाएका हुन्छन् । यसमध्येको एक चीरामा लेप्रोस्कोप भित्र छिराईन्छ, लेप्रोस्कोपको टुप्पोमा उज्यालो आउने क्यामरा जडान भएको हुन्छ । जसको सहयोगबाट बाहिर स्क्रिनमा पेटको भित्री भागहरु स्पष्ट हेर्न सकिन्छ । बाँकी अन्य चीराहरुमा शल्यचिकित्सकले अन्य शल्यक्रियामा उपयोग हुने स्वास्थ्य ऊपकरणहरु राखेका हुन्छन् । यसरी लेप्रोस्कोपमा जडित उज्यालो तथा क्यामराको सहयोगमा स्क्रीनमा हेर्दै शल्यक्रिया गर्ने गर्दछन् ।

गेस्ट्रेक्टोमी सर्जरी मुख्यरुपमा चार प्रकारको हुन्छः

१) टोटल गेस्ट्रेक्टोमी (Total Gastrectomy)
यस सर्जिकल प्रक्रियामा चिकित्सकले पूरै पेटलाई शल्यक्रिया गरि निकाल्ने गर्दछन् र भोजननलीलाई सीधै सानो आन्द्रासँग जोडिदिन्छन् । यदि शल्यक्रिया क्यान्सरको लागि गर्नुपर्ने हो भने, पेटको छेउछाउका लिम्फ नोड तथा ऊतक (Tissue)हरुलाई पनि निकालिन्छ ।

२) सबटोटल गेस्ट्रेक्टोमी (Subtotal Gastrectomy)
यस सर्जिकल प्रक्रियामा पेटको कुनै एक भागलाई निकाल्ने गरिन्छ । यसमा मुख्यरुपमा पेटको तल्लो भागलाई निकालिन्छ । टोटल गेस्ट्रेक्टोमी झै यदि शल्यक्रिया क्यान्सरका लागि गरिंदै छ भने, झिकिएको पेटको भागका साथै त्यसको छेउछाउमा भएका लिम्फ नोड तथा ऊतक (Tissue)हरुलाई पनि निकालिन्छ ।

३) इसोफेगोगेस्ट्रेक्टोमी (esophagoGastrectomy)
यस सर्जिकल प्रक्रियामा पेटको माथिल्लो भागका साथै त्यससँग जोडिएको भोजननलीको केही भागलाई पनि निकालिन्छ ।

४) स्लीव गैस्ट्रेक्टमी (Sleeve Gastrectomy)
यो शल्यक्रिया मुख्यरुपमा शरीरको तौल कम गर्नका लागि गर्ने गरिन्छ । यो प्रक्रियामा पेटको देब्रे भागलाई काटेर निकालिन्छ ।
गेस्ट्रेक्टोमी शल्यक्रिया गर्नका लागि यसमा कुनै एक शल्यक्रियाको प्रक्रिया रोज्ने गरिन्छ, र कुन प्रक्रियाबाट शल्यक्रिया गर्ने भन्ने कुरा तपाईंको स्वास्थ्यस्थितिमा निर्भर गर्दछ ।

गेस्ट्रेक्टोमी सर्जरी सम्पन्न गर्न लगभग एक देखि तीन घण्टाको समय लाग्नसक्छ ।

शल्यक्रिया सम्पन्न भएपछि तपाईंलाई आईसीयू (Intensive Care Unit) मा पठाइन्छ । जहाँ बिरामीलाई विभिन्न स्वास्थ्य उपकरणहरुको मद्दतबाट उच्च निगरानीमा रेखदेख गरिन्छ । शल्यक्रिया पछि बिरामीलाई केही दिनसम्म अक्सीजन मास्क लगाएर राखिन्छ, यसरी बिरामीलाई स्वास-प्रस्वासमा असहज हुँदैन । जतिबेला बिरामी होशमा आउँछ, त्यसपछि बिरामीलाई रिकभरी रूममा लगेर राखिन्छ । रिकभरी रूममा बिरामीको शारीरिक संकेतहरुलाई निरन्तर जाँचमा राखिएको हुन्छ, जस्तै ब्ल्ड प्रेसर (Blood Pressure), मुटुको गति (Heart Beat) तथा पल्स रेट इत्यादि । यस क्रममा पनि बिरामीको नसामा लगाइएको इन्ट्रावेनस यूनिटको मद्दतबाट तपाईंलाई औषधी तथा उपचार कायम राखिन्छ ।

शल्यक्रिया पछि केहि दिनसम्म बिरामीलाई पीडा हुनसक्छ, जसका लागि बिरामीलाई निरन्तर पीडा विरुद्धको औषधी दिइन्छ । शल्यक्रिया पछि पाँचदेखि छ दिनसम्म कुनैपनि खाने अथवा पिउने कुराहरु दिइदैन, यस क्रममा बिरामीलाई औषधी तथा अन्य आवश्यक पोषक त्तव नसाको माध्ययमबाट शरिरमा पुर्र्याइन्छ । समय-समयमा एक्सरे परिक्षण गर्ने गरिन्छ, जसको रिपोर्टको आधारमा चिकित्सकले यो पत्ता लगाउछन् कि बिरामी सामान्य रूपबाट स्वस्थ भइरहेका छन् या छैनन । बिरामी स्वस्थ्य हुने स्थितिको अनुसार नै चिकित्सकले बिरामीले खानपिन प्रारम्भ गर्नसक्ने समयको निर्धारण गर्नसक्छन् ।

गेस्ट्रेक्टोमीको शल्यक्रिया भएको लगभग दस दिनपछि बिरामीको शरीरबाट सम्पूर्ण ट्यूब निकालिन्छ तथा चिरिएका शरिरका भागहरुमा लगाइएका टाँकाहरु पनि झिकिन्छ अथवा गल्ने खालका टाँकाहरु छन् भने सोही अनुसार स्वास्थ्य प्रक्रिया अगाडी बढाउँछन् ।

पर्याप्त बेड-रेस्ट भएपछि जतिबेला तपाईंले सहजै हिँडडूल गर्न थाल्नुहुन्छ र चिकित्सक तपाईंको स्वास्थ्य स्थितिबाट सन्तुष्ट छन् भने, तपाईंलाई अस्पतालबाट बिदा दिइन्छ । यसमा मुख्यरुपमा शल्यक्रिया भएको दुई देखि तीन हप्तासम्मको समय लाग्नसक्छ ।

गेस्ट्रेक्टोमी शल्यक्रिया पछि के गर्ने? (What After Gastrectomy Surgery)

शल्यक्रियापछि बिरामीलाई आफ्नो हेरचाह गर्नका लागि निम्न सल्लाह दिने गरिन्छः
१) त्यस्ता कुनैपनि शारीरिक गतिविधिहरु नगर्नुहोस् जसमा अत्याधिक तागत प्रयोग गर्नुपर्छ । जस्तैः गह्रौं कुराहरु तान्ने वा धकेल्ने, गह्रौं वस्तुहरु उठाउने, शरिर मोड्ने, झट्का दिने इत्यादि ।
२) प्रारम्भमा न्यून मिहिनत हुने खालका शारीरिक गतिविधिहरु गर्नसकिन्छ । जस्तैः हिंडडूल तथा सिंढि उक्लिने तथा ओर्लिने इत्यादि ।
३) कुनै पनि शारिरिक व्यायामलाई धेरै र निरन्तर गरिनहने, व्यायामहरु विस्तारै विस्तारै बढाउँदै लैजाने ।
४) डाइटेसियन अथवा पोषणविज्ञ (dietician or nutritionist) हरुले तपाईंको नियमित आहारबारे केही विशेष सल्लाह दिनसक्छनः
क) भोजनलाई एकपटकमा खानुको साटो थोरै-थोरै मात्रामा केही केही घण्टाको अन्तरालमा उपभयोग गर्नुहोस् ।
ख) खानेकुराहरु सकेसम्म पोषकतत्वयुक्त राख्नुहोस्, किनकी कुनै पनि खानेकुराहरु तपाईंले थोरैमात्र खान सक्नुहुनेछ ।
ग) अबेर रातीको समय खानेकुरा नखानुहोस् किनकी सुत्नु अघि शरिरले आराम प्राप्त गरेको बेला खाएका कुराहरुले छाती पोल्ने अथवा ग्यास्ट्रिक जस्तो समस्या देखिन सक्छ ।
घ) शल्यक्रियापछि घर फर्किएपछि पनि बिरामीले शल्यक्रिया भएको भागमा पीडा महशुस गर्नसक्छन्, जसबाट निदानका लागि तपाईंलाई चिकित्सकले पीडानिवारक औषधि दिएका हुन्छन् ।
ङ) चिकित्सकले जति अवधिसम्म तपाईंलाई औषधी खान भनेका छन् त्यस अवधिभर मदिरा वा मदिराजन्य तथा सुर्ती-चुरोट वा सुर्तीजन्य कुराहरुको उपभोग नगर्नुहोस् ।
५) यदि शल्यक्रिया गरिएको भागबाट पिप (Wound Pus) बगिरहेको छ र यसले गर्दा चिरिएको भागमा लगाइएको ब्याण्डेज-पट्टी गिलो भईरहन्छ भने त्यसलाई परिवर्तन गर्ने गर्नुहोस् अथवा चिकित्ससँग परामर्श गर्नुहोस् । चिरिएको घाउमा संक्रमणभएको अवस्थामा पनि यस्तो हुनसक्छ । यदि पिप बग्दैन भने घाउको भाग अनावश्यक छुने वा चलाउने काम नगर्नुहोस् ।
६) चिकित्सकले तपाईंलाई हलुका मनतातो पानी तथा साबुनको प्रयगगरी कहिलेकाँही नुहाउने अनुमती दिन सक्छन् । तर ख्याल के गर्नुहोस् भने नुहाईसकेपछि सक्दो चाँडो सफा तौलियाले शरीरको भागहरु पुछ्नुहोस् तथा चिरिएको घाउको भागलाई नरगडिएर हल्का-हल्का गरी सुख्खा बनाउनुहोस्, त्यहाँ पानी छ भने त्यत्तिकै नछाड्नुहोस् ।
७) सवारी साधन चलाउने या अन्य कुनै उत्पादजन्य मेशीन अपरेट गर्नुअघि एकपटक चिकित्सकसँग अवस्य अनुमति दिनुहोस् ।
८) तपाईंलाई सर्जरी पछि मानसिक समस्या पनि देखिनसक्छ । यस्तो अवस्थामा यसका लागि तपाईंले आफ्ना परिवारजन तथा मानसिक विशेषज्ञसँग सम्पर्क तथा सल्लाह लिनुपर्ने हुनसक्छ ।

कतिबेला चिकित्सकलाई भेट्न ढिला नगर्ने?

यदि तपाईंलाई निम्नहरुमध्ये कुनै पनि लक्षण देखिएको या महशुस भइरहेको छ भने, तपाईंले चिकित्सकलाई शिघ्रातिशिघ्र जानकारी दिनुहोस्ः

  • खुट्टामा पीडा भएमा या सुन्निएमा
  • पीडा निरन्तर बढ्दै गएमा
  • खोकी लागि रहेमा
  • छातीमा पीडा भएमा
  • स्वाँस लिन कठिन भएमा
  • पाखाला, कब्जियत अथवा बान्ता हुन थालेमा
  • ज्वरो तथा अस्वभाविक जाडो लाग्न थालेमा
  • पिशाबमा रगत देखिएमा
  • अचानक अचानक पिशाब गर्ने तीव्र इच्छा हुन थालेमा
  • शल्यक्रिया गरिएका घाउ रातो हुँदै गएमा
  • शल्यक्रिया गरिएको घाउ सुन्निएमा वा लामो समयसम्म पीडा भइरहेमा

गेस्ट्रेक्टोमी शल्यक्रियाको केही सम्भावित जोखिम तथा अप्ठेराहरु पनि छन्, जस्तैः

  • खुट्टामा रगत जम्नसक्ने
  • शरीरमा भिटमिनको कमी हुने, जिसका कारण हड्डि तथा मान्सपेशिहरु कमजोर हुनसक्ने, रोग विरुद्धको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्ने, रक्तअल्पत्ता (एनीमिया) तथा शरीरको तौल कम हुने जस्ता समस्याहरु देखिन सक्छन् ।
  • आन्द्रामा अवरोध हुनसक्ने, जसले पाचन तथा दिशा त्याग्ने प्रक्रिया प्रभावित गर्ने गर्छ ।
  • घाउमा संक्रमण हुनसक्ने
  • रक्तस्राव हुनसक्ने
  • इन्सिजनल हर्निया (Incisional Hernia)
  • अमिलो पानी (Acid Reflux), वाकवाक, बान्ता तथा पाखाला हुनसक्ने
  • पेटको छेउछाउको अंग क्षतिग्रस्त देखिनसक्ने
  • डम्पिङ सिन्ड्रम (यसमा हामीले खाएका खानेकुराहरु नियमित प्रक्रिया बेगैर अचानक आन्द्रामा पुग्नसक्ने हुँदा कमजोरी, रिंगटा लाग्ने, छटपटी जस्तो हुने तथा
  • चिटचिट पसिना आउने जस्तो समस्या हुने गर्दछ ।)
  • एनेस्थीसिया (शल्यक्रिया अघि चीर निन्द्रा तथा पीडारहित अवस्थामा पुर्याउने प्रक्रिया) ले एलर्जिक रिएक्सन हुनसक्छ जस्तै न्यून रक्तचाप (Low BP) तथा शरिर सुन्निने आदि ।
  • रेशादार ऊतक (कुनै रोग, चोट या सर्जरीका कारण सामान्य ऊतक जब नष्ट हुन्छ त्यसपछि त्यस भागमा तयार हुनथाल्छ skar TIH-shoo अर्थात रेशादार ऊतक) बन्न थालेपछि ठूलो आन्द्रा संकुचित हुनसक्छ ।

प्रकाशित मिति: २०७८,आश्विन,१,शुक्रवार १४:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

श्वास प्रश्वास सम्बन्धी देखिने एलर्जीक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषण देखि

तौल घटाउनका लागि धेरै व्यक्तिले आफ्नो खानपानमा विभिन्न किसिमका परिवर्तन गरिरहेका हुन्छन् । खानपानमा परिवर्तन गरेरै तौल घटाउने लहरमा धेरैले

काठमाडौं । दशैँको अवसरमा आफ्नो थातथलो गएका व्यक्तिहरू काठमाडौं फर्किने क्रम जारी छ । कोरोना सङ्क्रमणको कारण गत वर्ष आफ्नो

प्रत्येक वर्षको अक्टोबर २० तारिखलाई वर्ल्ड अस्टियोपोरोसिस दिवसको रूपमा मानिन्छ । अस्टियोपोरोसिस यस्तो किसिमको एउटा रोग हो जसले शरीरका हड्डीहरूलाई

ताजा समाचार

वालुङ समुदायको फुटुक पर्व आजदेखि शुरु
 २०७८,कार्तिक,८,सोमवार ०९:२७
थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत हुने
 २०७८,कार्तिक,८,सोमवार ०८:१९