काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएलले एमालेसँग सम्मानजनक नभए एकता नगर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शब्द नराख्ने र केन्द्रीय समितिमा ५० प्रतिशत हैसियत नपाए एकता नगर्न दबाब दिएको हो ।फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्ध र बराबरी हैसियतलाई स्वीकार नगरेसम्म पार्टी एकता नस्वीकार्न ध्यानाकर्षण गराएको जानकारी दिए ।जवाफमा प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता–कार्यकर्ता र शुभेच्छुकहरुको धाराणा भएको भन्दै समानताका आधारमा र सम्मानजनक एकता हुने बताएका थिए ।उनले पार्टी एकताका लागि अधिकतम पहल भइरहेको जानकारी पनि वाईसीएल नेताहरुलाई दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया