चाँदीका गहनासहित एक युवक पक्राउ

लहान, २३ असोज ।प्रहरीको गस्ती टोलीले आज बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो ।पक्राउ परेका साहको साथबाट मोती जडान भएको चाँदीको ब्रासलेट १३ थान, मोतीबिनाको चाँदीको ब्रासलेट छ थान, चाँदीको सिक्री २० थान, चाँदीको लक ८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?