काठमाडौँ, १ वैशाख । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको प्रणलाई मूर्तरुप दिन सबैको सकारात्मक र रचनात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित सद्भाव नगर टोलसुधार समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकको इतिहासमा अत्याधिक बहुमतका साथ वामपन्थी गठबन्धनको संघीय सरकार तथा स्थानीय र प्रदेश सरकार हुन २०७४ सालको महत्वपूर्ण उपलब्धि रहेको धारणा व्यक्त गरे ।नैकाप क्षेत्रका खानेपानी, सडक तथा ढलजस्ता समस्या समाधानका लागि स्थानीय जनताका सुझावका आधारमा काम अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।टोल सुधार समितिका अध्यक्ष जंगबहादुर आलेमगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष बालमुकुन्द बिडारीलगायतले त्यस क्षेत्रका खानेपानी, ढल तथा साँघुरो सडक र बढ्दो सवारी चापका कारण उत्पन्न समस्या सामाधानको लागि पहल गरिदिन सांसद श्रेष्ठसँग आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया